मलेसियाबाट आइएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङले पाए १० लाखको चेक
20 December 2022
आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थिममा आधारित अफरको विजेता मेखलाल तामाङको सिफारिसमा उक्त चेक बेलीमाया तामाङलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। मलेसियाबाट आइएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङले नगद १० लाख रुपैयाँ उपहार पाएका छन्। मंगलबार काठमाडौंको पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङलाई चेक हस्तान्तरण गरेका छन्।
