
हामीमध्ये धेरैको लागि घर पैसा पठाउनु केवल पैसा पठाउनु मात्र होइन माया र आफ्नोपन आभास गराउनु हो । आत्मिय आभास, न्यानो माया र नेपालमा रहेका परिवारको उज्वल भविष्य निर्माणमा टोवा पु¥याउने माध्यम पनि हो । ACE Money Transfer र IME ले यो सम्बन्ध र आवश्यकतालाई राम्ररी बुझेको छ । आत्मियता र न्यानो मायाको आभास गराउँदै यहाँहरुको मुहारमा मिठो मुस्कान थप्नको लागि खबर छ – खुशी नै खुशीको उपहार योजना यहाँहरु माझ ल्याएका छौं ।
“खबर छ – खुशी नै खुशीको” घोषणा गर्न पाउँदा हामी हर्षित छौं। “ACE Money Transfer & IME सँगको उपहार योजनामा हामीले बेलायत, युरोप, अष्ट्रेलिया र क्यानडामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुले घर पैसा पठाउँदा पैसाको साथ साथै उपहार जित्ने मौका पनि यहाँहरुमाझ ल्याएका छौं ।
के हो त यो उपहार योजना ?
सेप्टेम्बर १ देखि नोभेम्बर ३०, २०२५ सम्म, तपाईंले ACE Money Transfer मार्फत IME गरि बेलायत, युरोप, अष्ट्रेलिया र क्यानडाबाट नेपाल पैसा पठाउँदा यस उपहार योजनामा सहभागी हुन सक्नुहुनेछ । खल्ती डिजिटल वालेट, बैंक खाता वा आइएमईका काउण्टरहरुबाट विदेशबाट नेपाल पैसा पठाउँदा वा पठाएको पैसा प्राप्त गर्दा स्वतः यस योजनामा सहभागी हुनुहुनेछ ।
नेपालमा एक भाग्यशाली प्राप्तकर्ताले नयाँ TATA Tiago EV जित्न सक्नुहुनेछ साथै विदेशबाट पैसा पठाउने दुई भाग्यशाली व्यक्तिहरूलाई दुईवटा नयाँ iPhone 16e पनि जित्न सक्नुहुनेछ । यसलाई तपाईंको कडा परिश्रम र समर्पणको लागि कृतज्ञताको सानो प्रतीकको रूपमा समर्प्रित गरेका छौ ।
यो अभियान हाम्रो समुदायलाई नजिक र हाम्रो सम्बन्धलाई बलियो राख्ने प्रयास हो, चाहे जतिसुकै टाढा वा नजिक किन नहोस्, हामीले तपाईंको सामु यो अवसर ल्याउन पाउँदा गर्व महसुस गर्दछौ र विश्वको उत्कृष्ट रेमिट्यान्स कम्पनी बन्ने हाम्रो प्रतिबद्धतामा उभिन पाउँदा अझै हर्षित छौ । त्यसैले, यो सुनौलो अवसर नगुमाउनुहोस् । आजै आफ्ना प्रियजनहरूलाई पैसा पठाउँनुहोस् ।
नियम तथा सर्तहरु,
• यो योजना सेप्टेम्बर १ देखि नोभेम्बर ३०, २०२५ सम्म लागु हुनेछ ,
• यो अफर ACE मनी ट्रान्सफर मार्फत IME गरिएको कारोबारको लागि मात्र मान्य हुनेछ ।
• यो योजना ACE मनी ट्रान्सफरका सबै ग्राहकहरू (नयाँ र पुरानो ) दुबैको लागि खुला गरिएको छ। ACE मनी ट्रान्सफर र IME संग सम्बन्धित व्यक्तिहरु अफरको लागि योग्य मानिने छैनन् ।
• यो योजना बेलायत, युरोप, अष्ट्रेलिया र क्यानडाबाट पैसा पठाउनेका लागि उपलब्ध छ।
लक्की ड्रमा प्रवेश कसरी गर्न सकिन्छ ?
• योजना अवधिभर ACE मनी ट्रान्सफर मार्फत IME गरि नेपालमा खल्ती डिजिटल वालेट, Bank Deposit र Cash Pickup गर्ने सबै स्वतः योग्य हुनेछन् ।
• एक दिनमा, एक व्यक्तिले गरेको कारोबार संख्या जति भएपनि प्राप्त गर्ने व्यक्ति एउतै भएको खण्डमा एउतै कारोबार मानिनेछ।
• अभियान अवधिभित्र नेपालमा प्राप्त सफलतापूर्वक सम्पन्न भएका कारोबारहरू मात्र लक्की ड्रका लागि योग्य मानिनेछन्।
पुरस्कारहरू
• ग्रान्ड प्राइज : नेपालमा पैसा प्राप्त गर्ने एक भाग्यशाली बिजेताको लागि TATA Tiago( EV) ।
थप पुरस्कारहरू : पैसा पठाउने दुई भाग्यशाली बिजेताहरुलाई एक-एक नयाँ iPhone 16e ।
बिजेता घोषणा,
• १ - ७ अक्टोबर २०२५: १ जनालाई iPhone 16e
• १ - ७ नोभेम्बर २०२५: १ जनालाई iPhone 16e
• १ - ७ डिसेम्बर २०२५: १ जनालाई TATA Tiago EV
विजेता घोषणा तथा पुरस्कार सङ्कलन प्रक्रिया,
• विजेताहरूलाई इमेल वा call मार्फत सम्पर्क गरिनेछ। ACE मनी ट्रान्सफर र IME ले सबै सहभागीहरूको योग्यता आफैले प्रमाणित गर्नेछ ।
• यदि लक्की ड्र भएको सात (७) दिन भित्र विजेतासंग सम्पर्क हुन नसकेमा पुन: ड्र गरिनेछ, र नयाँ विजेता छनोट गरिनेछ।
• पुरस्कारहरूलाई नगदको रुपमा परिवर्तन गर्न सकिने छैन ।
• पुरस्कारहरूसँग सम्बन्धित सबै करहरू विजेताहरूलेनै तिर्नुपर्ने छ, उनीहरूको बसोबास गर्ने देश र नेपालको स्थानीय कानून अनुसार । ACE मनी ट्रान्सफर र IME कुनै पनि व्यक्तिगत, अग्रिम, वा रोक्का करको लागि जिम्मेवार हुनेछैन।
सामान्य शर्तहरु,
• यो अफर अन्य कुनै promotion वा Offer हरूसँग संयुक्त रुपमा लागु हुनेछैन ।
• कम्पनीले अनुसन्धान वा अन्य कुनै कारणका लागि पुरस्कार ढिला गर्ने अधिकार राख्दछ। कम्पनीले कुनै पनि कारोबारलाई फर्जी, शंकास्पद, वा यी नियम र सर्तहरूको उल्लंघन भएको ठानेमा प्रक्रियामा नल्याउने अधिकार पनि राख्दछ।
• कम्पनीले विजेताको जानकारी र तस्बिरलाई आधिकारिक उद्देश्य, प्रमोशनल वा मार्केटिङ सामग्रीमा प्रयोग गर्ने अधिकार राख्दछ।
• कम्पनीका सबै निर्णय अन्तिम र बाध्यकारी हुनेछन्, जसमा लकी ड्र, पुरस्कार वितरण वा कारोबार प्रक्रिया सम्बन्धी निर्णयहरू पनि समावेश छन्।
• योजना तथा ड्रको मितिहरू कम्पनीको निर्णयअनुसार पूर्वसूचना बिना परिवर्तन गर्न सकिने छ।
• यस अभियानमा सहभागिहुनेले यी नियम र शर्तहरूको पूर्णरुपमा र बिना कुनै शर्त स्वीकार गरेको मानिने छ ।