Skip to main content

Blogs

दशैं-तिहारकोअवसरमा IME को विशेषअफर: “यो चाड पर्व, IME गरौं उद्यमी बनौं”

IME Remit ले यस वर्षको दशैं, तिहार र छठको अवसरमा नयाँ योजना “यो चाड पर्व, IME गरौं उद्यमी बनौं” ल्याएको छ।  यो योजना अशोज २२ २०८१ देखि मंसिर ३०, २०८१ सम्म चल्नेछ। यस योजनाको उद्देश्य नेपालीहरुलाई उद्यमशीलता र आर्थिक समृद्धितर्फ प्रोत्साहित गर्नु हो। यो योजना अन्तर्गत भाग लिनका लागि विदेशबाट नेपालमा IME Remit मार्फत पैसा पठाउनुपर्नेछ।

यो योजना किन महत्वपूर्ण छ !

विदेशमा काम गर्ने नेपाली कामदारहरूले आफ्नो घर तथा परिवारको आर्थिक सहयोगका लागि ठूलो योगदान पुर्‍याइरहेका हुन्छन्। यस IME Remit को क्याम्पेनले नेपालीहरूको योगदानलाई थप सम्मान र प्रोत्साहन दिनेछ। यस अभियानले नेपालीहरुलाई उद्यमशीलता र आर्थिक स्वतन्त्रताको बाटोमा हिँड्न प्रेरित गर्छ, जसले दीर्घकालीन रुपमा समाजको आर्थिक विकासमा योगदान पुर्‍याउँछ।

विदेशमा बस्ने नेपाली कामदारहरूले आफ्ना परिवारका सदस्यहरूलाई थप सुरक्षित र स्थिर भविष्य प्रदान गर्नको लागि यो योजनाले बचत, लगानी र व्यवसायिक योजनाहरूमा जोड दिएको छ। यसले पैसा पठाउने कार्यलाई सजिलो बनाउनुका साथसाथै लक्की ड्र मार्फत आकर्षक उपहारहरुले उनीहरुलाई थप उत्साहित पनि बनाउँदछ।

पुरस्कारहरू:

  • दैनिक पुरस्कार: ९० दिनका लागि Ultima Earbuds
  • साप्ताहिक पुरस्कार: १२ हप्तासम्म DHI Home Appliances
  • मासिक पुरस्कार: ३ महिनासम्म iPhone 16
  • बम्पर पुरस्कार: एकवटा Dost Strong Pickup ट्रक

सबै सहभागीहरु मध्येबाट लक्की ड्र मार्फत विजेता छनोट गरिनेछ। भाग लिन चाहनेहरुले IME को आधिकारिक फेसबुक र इन्स्टाग्राम पेजहरूमा विजेताहरूको घोषणा हेरिरहनुपर्नेछ।

योजना भाग लिनका लागि:

  • विदेशबाट नेपालमा पैसा पठाउने सबै IME ग्राहकहरु यो अभियानमा सहभागी हुन योग्य हुनेछन्।
  • IME समूहका कर्मचारीहरु, व्यवसायिक साझेदारहरु, तथा IME संग जोडिएका व्यक्तिहरु यो क्याम्पेनमा सहभागी हुन पाउने छैनन्।
  • यो योजना सबै किसिमका भुक्तानीमा (नगद, बैंक जम्मा, IME Pay वालेट) मान्य हुनेछ।