Skip to main content

News & Updates

मनाऊँ तीज IME सँग: यो तीज रमाइलो र प्रतिभा सँगसँगै

हरितालिका तीज आउनेबित्तिकै घरआँगनमा छुट्टै किसिमको उमङ्ग छाउँछ।  रातो साडी चुरा अनि मिठा मिठा परिकार, तीज केवल व्रत बस्ने पर्व मात्र होइन, यो त आफ्ना साथीभाइ र परिवारसँग खुलेर खुशी साट्ने, रमाइलो गर्ने र आफ्नो संस्कृतिलाई उत्सवको रूपमा मनाउने विशेष अवसर हो।

समय फेरिएको छ, र चाडपर्व मनाउने शैलीमा पनि केही नयाँपन आएको छ। परम्परागत दर र नाचगान सँगसँगै, आजको पुस्ताले आफ्ना भावना र सिर्जनात्मकता (creativity) लाई डिजिटल माध्यमबाट प्रस्तुत गर्न रुचाउँछ। यसैलाई मध्यनजर गर्दै, IME ले यसपटकको तीजलाई अझ बढी interactive र रोमाञ्चक बनाउन “मनाऊँ तीज IME सँग” नामक १६ दिने विशेष डिजिटल क्याम्पेन ल्याएको छ।

के हो यो क्याम्पेन?

विशेषगरी १६ वर्ष वा सोभन्दा माथिका समूहका दिदीबहिनीहरूलाई लक्षित गरिएको यो अभियानमा सहभागी हुन निकै सहज छ। यदि तपाईंसँग पनि नाचगान संगै तीज मनाउने नया शैली वा कुनै रचनात्मक प्रतिभा छ भने यो अवसर तपाईंकै लागि हो।

सहभागी हुने तरिका

  1. मनपर्ने गीतमा भिडियो: आफ्नो मनपर्ने कुनै पनि तीजको गीतमा एउटा सुन्दर र creative भिडियो तयार गर्नुहोस्। (एउटै भिडियोलाई तीनवटै प्लेटफर्ममा प्रयोग गर्न सकिन्छ।)
  2. प्लेटफर्ममा पोस्ट: तयार गरिएको भिडियो Facebook, Instagram अथवा TikTok मध्ये कुनै एक सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ।
  3. ट्याग र पिन: IME को official page/account लाई अनिवार्य रूपमा tag गर्नुहोस्, आफ्नो पोस्टमा धेरैभन्दा धेरै साथीहरूलाई ट्याग गरी उनीहरूलाई पनि प्रोत्साहन गर्नुहोस्, र क्याम्पेन अवधिभर आफ्नो पोस्टलाई Pin गरेर राख्नुहोस्।
  4. ह्यासट्यागको प्रयोग: पोस्ट गर्दा तलका आधिकारिक ह्यासट्यागहरू अनिवार्य रूपमा प्रयोग गर्न नबिर्सनुहोस्: #IME #ManaauTeejIMESanga #IMETeejChallenge #IMEGaraun

आकर्षक पुरस्कारहरू

तपाईंको मेहनत र creativity खाली जाँदैन। क्याम्पेनको अन्त्यमा सहभागीहरूको Views, Reach, Follower Growth, Engagement र Creativity & Use of Hashtag का आधारमा विजेताहरू छनोट गरिनेछन्:

  • First Prize: नगद रु. १०,०००
  • Second Prize: नगद रु. ५,०००
  • Third Prize: नगद रु. ५,०००

लाइभ सेसन र विजेता घोषणा

क्याम्पेनलाई केवल भिडियो पोस्टिङमा मात्र सीमित नराखी अझ जीवन्त बनाउन भदौ १०, भदौ १७ र भदौ २५ गते IME ले विशेष Teej-themed Live Sessions सञ्चालन गर्नेछ । यी लाइभहरूमा तीजसम्बन्धी रमाइला कुराकानी, अनुभव र अन्तरक्रिया हुनेछन् र हरेक लाइभमा पनि दुइजना लाइभ सेसनको उत्कृष्ट Lucky Winners पनि छनोट गरिने छ ।

  • Lucky Draw: प्रत्येक लाइभ सेसनबाटआफ्ना तीजसँग सम्बन्धित कथा तथा अनुभवहरू शेयर गर्न सक्नुहुनेछ। उत्कृष्ट कथालाई विशेष रूपमा छनोट गरी २ जना Lucky Winners ले Khalti by IME Wallet मार्फत रु. ५०० जित्ने सुवर्ण अवसर पाउनुहुनेछ!
  • Winner Announcement: क्याम्पेनको अन्तिम दिन अर्थात् भदौ २५ गते हुने विशेष लाइभ सेसन मार्फत नै यस क्याम्पेनका मुख्य विजेताहरू (First, Second र Third Prize) को आधिकारिक घोषणा गरिनेछ।

नियम तथा सर्तहरू (Terms & Conditions)

  • उमेर समूह: यो क्याम्पेनमा सहभागी हुन चाहने प्रतिभागीको उमेर १६ वर्ष वा सोभन्दा माथि हुनुपर्नेछ।
  • IME page फलो अनिवार्य: सहभागी हुनुअघि प्रतिभागीले IME को आधिकारिक Facebook, Instagram र TikTok page/account लाई फलो (Follow) गर्नु अनिवार्य हुनेछ। फलो नगरेको खण्डमा उक्त प्रविष्टि (entry) मान्य नहुने र पुरस्कारका लागि छनोट नगरिने छ।
  • ट्याग र पिन अनिवार्य: पोस्ट गर्दा IME को official page लाई tag गर्नुका साथै क्याम्पेन अवधिभर सो पोस्टलाई आफ्नो प्रोफाइलमा Pin गरी राख्नुपर्नेछ। समयअवधि नपुग्दै पोस्ट unpin वा delete गरेमा प्रविष्टि अमान्य हुनेछ।
  • आधिकारिक ह्यासट्याग: पोस्टमा #IME #ManaauTeejIMESanga #IMETeejChallenge #IMEGaraun ह्यासट्यागहरू अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ।
  • क्याम्पेन अवधि: सम्पूर्ण भिडियो/पोस्ट क्याम्पेनको १६ दिने अवधिभित्रै अपलोड गरिसक्नुपर्नेछ। अवधि नाघेपछि प्राप्त हुने प्रविष्टिहरू स्वीकार गरिने छैन।
  • मौलिक सामग्री: पेश गरिने भिडियो सहभागी स्वयंले तयार गरेको मौलिक (original) सामग्री हुनुपर्नेछ। कुनै पनि प्रकारको कपिराइट उल्लङ्घन, आपत्तिजनक, अश्लील वा असामाजिक सामग्री भएमा उक्त प्रविष्टि तुरुन्तै अयोग्य ठहरिनेछ।
  • Lucky Draw सहभागिता: Live Session मा उपस्थित सहभागीहरूको हकमा सहभागीहरूमध्येबाट मात्र Lucky Draw का लागि छनोट गरिनेछ। Khalti by IME Wallet सक्रिय (active) भएको खातामा मात्र पुरस्कार रकम प्रदान गरिनेछ।
  • एक व्यक्ति एक प्रविष्टि: प्रत्येक सहभागीले एउटै भिडियोका आधारमा एक पटक मात्र प्रतिस्पर्धामा सहभागी हुन पाउनेछ। बहुविध (multiple) फर्जी खाता प्रयोग गरी सहभागी भएको पाइएमा अयोग्य ठहरिनेछ।
  • व्यक्तिगत विवरण र प्रयोगको अधिकार: सहभागीले पेश गरेको भिडियो/पोस्ट IME ले आफ्नो मार्केटिङ तथा प्रचारप्रसार प्रयोजनका लागि (सामाजिक सञ्जाल, वेबसाइट आदिमा) प्रयोग गर्न पाउनेछ।
  • परिवर्तन गर्ने अधिकार: क्याम्पेनका नियम, समयतालिका, पुरस्कार वा कुनै पनि पक्षमा IME ले पूर्वसूचना सहित वा बिना परिवर्तन गर्ने पूर्ण अधिकार राख्दछ।
  • विजेताहरूको छनोट निम्न ५ आधारमा गरिनेछ, जसमा प्रत्येकलाई २०% अंकभार दिइनेछ: Views – २०%Reach – २०%Follower Growth – २०%Engagement – २०%Creativity & Use of Hashtag – २०%

यी सबै आधारमा प्राप्त अंकका आधारमा IME को निर्णायक समूहले विजेता छनोट गर्नेछ। निर्णायक समूहको निर्णय अन्तिम र सबैका लागि मान्य हुनेछ।

कर तथा अन्य दायित्व: लागू हुने प्रचलित कानून बमोजिमको कर (यदि लागू भएमा) IME ले नै व्यहोर्नेछ।

PAN Card सम्बन्धी व्यवस्था: पुरस्कार प्राप्त गर्ने प्रत्येक विजेताले आफ्नो मान्य PAN Card अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ। PAN Card उपलब्ध नगराएमा पुरस्कार वितरण गर्न असमर्थ हुने अधिकार IME मा रहनेछ।

    नोट: यस क्याम्पेनसम्बन्धी कुनै पनि जिज्ञासा, स्पष्टीकरण वा थप जानकारीका लागि IME का आधिकारिक सामाजिक सञ्जाल पेजहरूमा सम्पर्क गर्न सकिनेछ। क्याम्पेनसम्बन्धी सम्पूर्ण आधिकारिक सूचना IME का आधिकारिक माध्यमबाट मात्र प्रकाशित गरिनेछ।